२०७३ कार्तिक ३ गते १३:२२ विकासन्युज
काठमाडौं, ३ कात्तिक । बुधबार मात्रै २२ लाख ५१ हजार ४५३ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । साथै, सो दिन १८ लाख ४० हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको हो ।
साङग्रिला डेभलपमेन्ट बैंकको १५ लाख ३४ हजार ५६० कित्ता र रिलायवल डेभलपमेन्ट बैंकको ७ लाख १६ हजार ८९३ कित्ता गरि सो मात्रामा बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, साङग्रिला डेभलपमेन्ट बैंककै १८ लाख ४० हजार कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।
हाल सांग्रिला डेभलपमेन्ट बैंकको चुक्ता पूँजी एक अर्ब ७ करोड रुपैयाँ रहको छ भने रिलायवल डेभलपमेन्ट बैंकको ७८ करोड ८५ लाख रुपैयाँ रहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.