२०७३ कार्तिक ३ गते १७:०० विकासन्युज
काठमाडौं, ३ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघले कात्तिक ४ गतेको लागि आह्वान गरेको विशेष साधारणसभा हुने भएको छ । पाटन उच्च अदालतले कात्तिक २ गते जारी गरेको अन्तरिम आदेश कात्तिक ३ गते (आज) खारेज गर्दै पूर्व घोषित विशेष साधारणसभा आयोजना गर्न बैधानिक बाटो खुला गरिदिएको छ ।
महासंघको विधान संसोधन गर्नको लागि बोलाइएको उक्त विशेष साधारणासभा विधिसम्मत नभएको भन्दै महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भास्करराज राजकर्णिकार र महासंघका कार्यकारिणी सदस्य गोविन्द घिमिरेले विशेषसाधारणसभा रोक्न अन्तरिम आदेशको माग गर्दै अदालत उजुरी दर्ता गराएका थिए । उक्त उजुरी माथि सुनुवाई गर्दै उच्च अदालत, पाटन ललितपुरले विशेष साधारणसभाको प्रक्रिया यथास्थितिमा राख्न कात्तिक २ गते आदेश दिएको थियो ।
उच्च अदालतले हिजोको अन्तरिम आदेश खारेज गर्ने निर्णय गरको महासंघका अध्यक्ष पशुपति मुरारकाले बताए । ‘अन्तरिम आदेश खारेज भएको छ । भोली (४गते)को विशेष साभारणसभा हुन्छ’ उच्च अदालत परिसरमा विकासन्युजसँग कुरागर्दै मुरारकाले भने ।
याे पनि पढ्नुहाेस् : महासंघलार्इ चुनाव लाग्याे, भवानी राणालाई अध्यक्ष बनाईदै, उपाध्यक्षमा कडा प्रतिस्प्रर्धा हुने
Copyright © 2025 Bikash Media Pvt. Ltd.