२०७३ कार्तिक ६ गते १०:४८ विकासन्युज
काठमाडौं, ६ कात्तिक । सिन्धु विकास बैंकले ८० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंक सञ्चालक समितिको कात्तिक ५ गते बसेको बैठकले १० कित्ता बराबर ८ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।
बैंकले हकप्रद सेयर निष्काशन सम्बन्धी निर्णय पारित गर्न भन्दै कात्तिक २७ गतेका लागि बिशेष साधारण सभा समेत बोलाएको छ । सोही साधारण सभाले बैंक सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २ करोड ३ लाख १७ हजार ५ सय रुपैंयाँ बराबरको बोनस सेयर समेत दिने निर्णय गर्नेछ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.