२०७३ कार्तिक ७ गते १७:४५ विकासन्युज
काठमाडौं, ७ कात्तिक । गत आर्थिक वर्ष २०७३÷७४ को पहिलो तीन महिनामा २ खर्ब २० अर्ब ६० रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ भने १८ अर्ब ९० करोड मूल्य बराबरको वस्तुहरु नेपाल भित्र्याएको छ । चालू आवमा तीन महिनामा २ खर्ब १ अब ६९ करोडको व्यापार घाटा भएको छ । गत आवमा नाकाबन्दीका कारण वस्तु तथा सेवाका आयात निर्यातमा असर परेको थियो । चालू आवमा भने सामान्य अवस्था भएकाले आयात अत्यधिक बढेको छ भने निर्यातको सामान्य भएको छ ।
चालू आवमा भएको आयात गत आवको भन्दा करिब ७१ प्रतिशतले बढी हो । गत आवको सो अवधिमा १ खर्ब २९ अर्बको वस्तु तथा सेवा नेपाल भित्रिएका थिए । त्यस्तै गरी १७ अर्ब ५१ करोडका वस्तु तथा सेवाबाट वाहिरिएका थिए । गत आवको तुुलनामा चालू आवमा भएको निर्यात ७ दशमलव ९० प्रतिशतले बढी हो ।
यस वर्षको पहिलो तीनमा कुल २ खर्ब ३९ अर्ब ५० करोडको आन्तरिक तथा वाह्य व्यापार भएको छ । गत आवमा यस्तो व्यापार १ खर्ब ४६ अर्ब ७४ करोड कुल व्यापार भएको थियो ।
चालू आवका सबैभन्दा बढी २५ अर्ब ४७ करोडको सवारी साधन तथा यसका एशोसेरिजहरु आयात भएका छन् । २३ अर्ब ९ करोडको पेट्रोलियम पदार्थ र अन्य तेलहरु को आयात भएको भन्सार विभागको तथ्याङ्क छ । समीक्षा अवधिमा २१ अर्ब ६० करोडको फलाम तथा स्टीलहरु आयात भएका छन् । नेपालमा भारतबाटमात्र १ खर्ब ४३ अर्ब ९३ करोडको वस्तु तथा सेवा नेपाल भित्रिएको छ भने चीनबाट ३३ अर्ब मूल्य बराबरका सामानहरु नेपाल भित्रिएका छन् । नेपालमा बढी सामान भित्र्र्याउने तेस्रो देशमा युनाइटेड अरब इमिरेट्स परेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.