२०७३ कार्तिक ८ गते ९:५६ विकासन्युज
काठमाडौं ८, कात्तिक । काष्ठमण्डप डेभलपमेन्ट बैंकले प्रति साधारण सेयर एक सय रुपैयाँ अकिंत १६ लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । यो बैंकले यहि कत्तिक २६ गतेदेखि निष्कासन खुला हुने गरी सूचना जारी गरेको छ ।
मंसिर ३० गतेसम्म हकप्रद सेयरका लागि यसिका साधारण सेयरधनीले आवेदन दिन सक्नेछन् । बैंकले साधारण सेयर धनिलाई चार सेयर बराबार १ सेयरको (४ः१) अनुपात एक सय रुपैयाँ अंकित सेयरको विक्री खुला गर्ने सुचना सार्वजनिक गरेको छ ।
यो बैंकले नेपाल स्टक एक्सचेन्जमा कारोबार भएका साविकको सेयरका लागि हकप्रद निष्कासन गरेको हो । यो बैंकको नेपाल स्टक एक्सचेन्जमा ६७ लाख ९९ हजार २ सय ७३ कित्ता सेयर सूचिकृत भएको छ ।
यो प्रति शेयर कारोबार पाँच सय रुपैयाँमा भइरहेको छ । यो बैंकको सेयर निष्कासन तथा विक्री प्रवन्धक एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
यसको हकप्रद सेयरको आवेदनका लागि विक्री प्रवन्धक र बैंकको सम्पूर्ण शाखामा सम्पर्क गर्न सकिने छ । यो बैंकले कुमारी बैंकसँग मर्जरमा जाने सम्झौता गरिसकेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.