अग्नि ग्रुपका कार्यकारी निर्देशकद्धारा इलाईट अटोमोविल्सको उद्घाटन

  २०७३ कार्तिक ८ गते १८:२३     विकासन्युज

काठमाडौं, ८ कात्तिक । महिन्द्रा गाडीको आधिकारीक सर्भिस सेन्टर बालाजु अटोवर्कस्ले आफ्नो आधिकारीक सर्भिस सेन्टर इलाईट अटोमोविल्स् प्रा.लि.को उद्घाटन गरेको छ । इलाईट अटोमोविल्स्को उद्घाटन अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले गरेका थिए । यो सर्भिस सेन्टर गौंशला पिंगलास्थानमा अवस्थित छ ।

elite_automobiles
बालाजु अटोवर्कस्ले आºना ग्राहकहरुलाई सहज होस् भन्ने उद्धेश्यले यस सर्भिस सेन्टरको स्थापना गरिएको हो । अन्य सर्भिस सेन्टरको तुलनामा यस आधुनिक प्रविधिबाट सर्भिस गराईनुको साथै आवश्यक पाटपुर्जा पनि सर्भिस सेन्टरमा नै उपलब्ध छन् ।

कम्पनीका अनुसार कुनै पनि स्थानमा गाडी विग्रिएमा उक्त स्थानमा गई गाडी मर्मत गरीनुको साथै गाडी सर्भिसको लागि लिन जाने तथा पु¥याउने सुविधाको व्यवस्था समेत रहेको छ । यहि कात्र्तिक १०,११ र १२ गते निशुल्क सर्भिस क्याम्प रहेको कम्पनीले जानकारी गराएको छ ।