नेपाल बैंक ८० औ वर्षमा, तीन महिनाकाे नाफा १ अर्ब १६ कराेड

  २०७३ मंसिर १ गते १८:२७     विकासन्युज

काठमाडौं , १ मंसिर । नेपाल बैंक लिमिटेड ८० औ वर्षमा प्रबेश गरेको छ । बैंकले आफ्ना ग्राहकलाई विगतमा झै आगामी दिनहरुमा पनि गुणस्तरीय एवं सरल बैंकिङ्ग सेवा तथा सुविधाहरु उपलब्ध गराउदै जाने प्रतिवद्धता व्यक्त गरेको छ ।nepal_bank

हाल यस बैंकको सेयर पूँजी संरचनामा सरकारको ६२ दशमलव २१ प्रतिशत तथा सर्वसाधारण एवं कर्मचारीहरुको ३७ दशमलव ७९ प्रतिशत कायम भै जम्मा चुक्ता पूँजी शेयर ६ अर्व ४९ करोड रहेको छ । ०७३ आश्विन मसान्तसम्ममा पुँजीकोष अनुपात १२ दशमलव १२ प्रतिशत पुगेको छ । यसरी बैंकको पूँजीकोषमा उल्लेखनीय सुधार भै बैंक प्रगति पथमा अगाडि बढ्न सफल भएको छ ।

यस आर्थिक वर्षको प्रथम त्रैमासमा बैंकले अपेक्षित उपलब्धी हासिल गरेकोे छ । ०७३ आश्विन मसान्तमा बैंकले १ अर्ब १६ करोड खुद मुनाफा (अपरिष्कृत) गरेको छ । बैंकमा ८६ अर्ब २२ करोड निक्षेप रहेको छ । कर्जा तथा सापटी तर्फ ६६ अरब ३ करोड कर्जा प्रवाह भएको छ । बैकको निष्कृय कर्जाको अनुपात ३ दशमलब १ प्रतिशत रहेको छ ।

ले १ अर्ब १६ करोड खुद मुनाफा (अपरिष्कृत) गरेको छ । बैंकमा ८६ अर्ब २२ करोड निक्षेप रहेको छ । कर्जा तथा सापटी तर्फ ६६ अरब ३ करोड कर्जा प्रवाह भएको छ । बैकको निष्कृय कर्जाको अनुपात ३ दशमलब १ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.