२०७३ मंसिर ५ गते २०:१२ विकासन्युज
काठमाडौं, ५ मंसिर । नेपाल हस्तकला महासंघले हस्तकला व्यापार मेला मंसिर १० देखि १४ गतेसम्म काडमाडौंको भृकुटीमण्डपमा गर्न लागेको छ । वाणिज्य मन्त्रालय र व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको सहयोगमा वार्षिक क्यालेन्डर इभेन्टको रुपमा प्रत्येक वर्ष महासंघले व्यापार मेला आयोजना गर्दे आई रहेको छ ।
मेलामा परम्परागत तथा नवोदित हस्तकलाको जीवन्त सीप प्रर्दशनी हुने, हस्कलाका सामाग्रीको आगामी वर्ष २०१७/१८ को ट्रेन डिस्प्ले हुने, मेलामा प्रर्दशीत हुने हस्तकलाका वस्तु मध्येबाट उत्कृष्ट वस्तु प्रतियोगिता हुने, मेला मार्फत अर्मूत सास्कृतिक सम्पदाको उजागर गरिने, विटुवी (विजनेश टु विजनेश) बैठक हुने आयोजकले जनाएको छ ।
मेलामा ७ वटा प्याभिलियन सहित १७६ स्टल रहने छन् । हालसम्म ७ वटा प्याभिलियन र सम्पूर्ण स्टलहरु बिक्री भईसकेका छन् । मेलामा रहने प्याभिलियनहरु मध्येबाट उत्कृष्ट हुने एक प्याभिलियन र एक स्टललाई आकर्षक नगद पुरस्कारको पनि ब्यवस्था गरिएको छ ।
मेलामा नेपाल भित्र महासंघका जिल्ला हस्तकला संघहरु,बस्तुगत संघहरुको साथै ती संघमा आवद्ध करिव २५ वटा जिल्लाका सदस्य उद्यमी ब्यवसायीहरु, काठमाडौं उपत्यका लगायत देशको विभिन्न भौगोलिक क्षेत्रको जाति जनजाति कै प्रतिनिधित्व गर्ने स्थानीय हस्तकला सामाग्रीहरुलाई उच्च प्राथमिकता दिई प्रदशर््ानीे तथा बिक्रीको लागि राखिने छ ।
मेलामा काष्ठकला, धातुकला, सुनचाँदी, फेल्टका सामान उनी तथा सुती एवं ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, छालाजन्य सामान, प्राकृतिक रेसा र वाँसका सामानहरु साथै जडिवुटी, अर्थोडक्स चिया आदि प्रर्दशनी तथा विक्रीका लागि राखिने छन् । नेपाल एकिकृत व्यापार रणनीति भित्र समावेश रहेका वस्तुहरुलाई पनि मेलामा प्रतिनिधित्व गराईने महासंघले जनाएको छ ।
मेलाको समुद्घाट्न उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने कार्यक्रम रहेको छ । व्यापार मेला अवलोकन गर्नको लागि प्रवेश टिकटको दर रु ५० निर्धारण गरिएको छ भने विद्यार्थी वर्गलाई ५० प्रतिशत सहुलियतको व्यवस्था गरिएकोे छ । मेलामा झण्डै २ लाख आगन्तुक आउने अनुमान गरिएको छ । मेला अवधिमा स्टलमा हुने प्रत्यक्ष कारोवार र व्यवसायिक अर्डर समेत गरी झण्डै १० करोड भन्दा बढिको कारोवार हुने अपेक्षा राखिएको छ ।
मेलामा, चीन, ईरान,संयुक्त अरव इमिरेट्स, भुटान श्रीलंका लगायतका देशहरुबाट २० जना भन्दा बढि विदेशी आयातकर्ता आउने सम्भावना रहेको महाासंघले जनाएको छ । विदेशी आयातकर्ताले आयातकर्ताको रुपमा मेलामा आउन दर्ता गर्नु पर्ने छ । त्यसरी दर्ता भएका आयातकर्ताहरुलाई महासंघबाट २ रात ३ दिनको लागि होटल सुविधा प्रवन्ध गरिएको छ । उक्त व्यवस्था बढिमा २५ जना आयातकर्ताकाको लागि मिलाईएको छ ।
१२औं हस्तकला प्रतियोगिता
व्यापार मेलाको अवसरमा हस्तकला क्षेत्रका कलाकारहरुको प्रतिभा पहिचान गरी सम्मान गर्ने उद्देश्यले फेडेक्स एभरेष्ट डि कार्को, काठमाडौ. महानगरपालिका र ललितपुर उप महानगरपालिकाको सहयोगमा फेल्ट उल बिधा र प्रस्तरकलामा १२औं प्रतियोगितात्मक हस्तकला प्रदर्शनी आयोजना गरिने छ । प्रतिभा पहिचान तथा मूल्यांकन गर्ने क्रममा यस वर्ष आधुनिक विधा तर्फ बुनाई र परम्परागत विधा तर्फ धातु पत्रकला (थ्वो ज्या मा ज्या) मा संलग्न कलाकारहरुको प्रतिभा पहिचान गरी हौसला बढाउने एवं यस क्षेत्रका कलाकारहरुलाई कदर सम्मान गरी हस्तकला बिकासमा सहयोग पु¥याउने उद्देश्यले १४औं हस्तकला व्यापार मेलाको अवसरमा प्रर्दशनी स्थलमा १२औं हस्तकला प्रतियोगिता (जीवन्त प्रतियोगितात्मक हस्तकला प्रदर्शनी ) प्रत्यक्ष रुपमा जीवन्त प्रदर्शन गरिने कार्यक्रम रहेको महासंघको उपाध्यक्ष तथा मेला समितिको कार्यवहाक संयोजक होमनाथ उपाध्ययले जानकारी दिए ।
उल्लेखित प्रतियोगितामा उत्कृष्ट घोषित प्रति विधा ३ जना कलाकारहरुलाई नगद पुरस्कार तथा प्रमाण पत्रबाट पुरष्कृत गरिने छ । प्रति विधा प्रथम हुनलेलाई ५० हजार, द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई बीस हजार नगद पुरस्कारको व्यवस्था गरिएको उपाध्ययले जनाकारी दिए ।
अमूर्त सास्कृतिक सम्पदा
हस्तकला र संस्कृतिबीच अन्योन्याश्रित सम्वन्ध रहेको जनाउँदै महासंघले यस पटकको मेलामा प्रमुख आकर्षणको रुपमा अमूर्त सांस्कृतिक सम्पदाको अवधारणालाई समावेश गराएको छ । जसमा नेपालका भौगोलिक क्षेत्रहरु हिमाल, पहाड र तराईको प्रतिनिधित्व गर्ने जातिय भेषभुषा, परिकारका साथै जातीय पहिचान र संस्कृति झल्किने जनजीवन र सास्कृतिक कार्यक्रमहरुलाई मेलाको दौरानमा प्रस्तुति गरिने छ ।
यसैक्रममा मेलाको उद्घाटन र समापनको दिन बाहेक अरु ३ दिन दिनहरुमा शेर्पा जातिको प्रतिनिधित्व गर्ने शेर्पा संस्कृति, कठमाडौ उपत्यकाका साथै नेवारी जनजीवन र संस्कृतिको प्रतिनिधित्व गर्ने हिसावबाट नेवारी संस्कृति र तराईको प्रतिनिधित्व गर्ने थारु संस्कृति र पहिचान झल्किने प्रस्तुतिहरु गरिने छन् ।
यही क्रममा ११ गते हिमाली क्षेत्रको प्रतिनिधित्व गर्ने गरि शेर्पा संस्कृतिका याक नृत्य,शब्रु नृत्य र शिली नृत्य प्रस्तुत गरिने छ । १२ गते पहाड÷काठमाडौ उपत्यकाबाट नेवारी सस्कृति झल्कने प्रस्तुतिहरु दाफा भजन,नौ वाजा, धिमे नाच र अष्टमातृका नाचहरुको प्रस्तुति गरिने छ । १३ गते तराई क्षेत्रको प्रतिनिधित्व गर्ने गरि तराईका आदिवासी जनजाति थारु समुदायको छोकरा नृत्यका साथै उक्त समुदायको खानाको विभिन्न परिकारहरु पनि प्रस्तुत गरिने छ । अर्मूत सस्कृतिक सम्पदाका कार्यक्रमहरु हिमालयन डिष्टीलरीको सहयोगमा गर्न लागिएको आयोजकले बताएका छन् ।
मेलामा नवोदित वस्तुको उजागर तथा निर्यात योग्य वस्तु विकास गरी निर्यात प्रवद्र्धनमा सहयोग पु–याउने उद्देश्यबाट मेलामा भाग लिने प्रर्दशनकर्ताहरुको उत्कृष्ट वस्तुहरु लिई ती वस्तुहरुलाई एकै स्थानमा प्रर्दशन गर्ने व्यवस्था मिलाईने छ । साथै मेलामा राखिएका वस्तुहरुमध्येबाट परम्परागत विधा, टेक्सटाईल÷होमडेकोरेशन र फेशन एसेसरिज÷फयुजन विधा भित्र वर्गिकरण समावेश उक्त तीन वर्गीकरण मध्येबाट उत्कृष्ट एक÷एक वस्तुलाई पुरष्कृत गरिने छ ।
नेपालको निर्यात ब्यापारको साथै आन्तरिक बजारमा हस्तकला क्षेत्रको महत्वपूर्ण स्थान रहेको छ । हस्तकलाको निर्यात संयुक्त राज्य अमेरिका, युरोपियन मुलुकहरु जर्मनी, फान्स, बेलायत,नेदरल्याण्डका साथै एसियाली मुलुकहरु जापान, चीन, भारत लगायत ८० भन्दा बढी मुलुकहरुमा ५० भन्दा बढी विभिन्न थरिका हस्तकला बस्तुहरुको १० अर्ब रुपैयाँ भन्दा बढीको निर्यात रहेको छ । निर्यातको अतिरिक्त आन्तरिक उपभोग पनि करिब १० अर्ब रुपैयाँ बराबरको हस्तकालका सामान प्रयोग हुने अनुमान रहेको महासंघका अध्यक्ष धर्मराज शाक्य बताउँछन् । यस क्षेत्रमा झण्डै ११ लाख भन्दा बढी ब्यक्तिहरु प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न रहेको महासंघको भनाई छ ।
मेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा वाणिज्य मन्त्रालयका सहसचिव तोयानारायण ज्ञवालीले मेलाको उपलब्धिबारे रिपोर्ट बनाएर मन्त्रालयमा पेश गर्न आयोजकलाई सुझाव दिए । मेलाको उपलब्धी राम्रो देखिएमा मन्त्रालयले दिने सहयोग पनि बढाउन सकिने उनको भनाई छ । त्यस्तै व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक ईश्वारी प्रसाद घिमिरेले मेला अवधि नसकिदै स्टल खाली हुने, सहभागीहरु उठेर हिड्ने गरेको देखिएको भन्दै त्यस्तो समस्या देख्न नपारोस भन्ने भनाई राखे ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.