२०७३ मंसिर ८ गते २०:२० विकासन्युज
काठमाडौं, ७ मंसिर । अन्तराष्ट्रिय मान्यता प्राप्त विश्वकै तेस्रो ठूलो ब्राण्ड टीसीएलले उपभोक्ताहरु माझ नियमित विश्वस्तरीय उत्पादनहरु दिने क्रममा नेपाली बजारमा उत्पादनहरु थप्दै क्रममा फ्रण्ट लोड वासिङ मेसिन भित्र्याएको छ ।
१२ वासिङ प्रोग्रामर, १४ मिन क्वीक वास, ०–२४एच डिले स्टार्ट, ट्यूव क्लिन टेक्नोलोजी, फूजी कन्ट्रले जस्ता विशेषता भएको यो वासिङ मेसिन जर्मन टेक्नोलोजिमा निर्मित भएको कम्पनीले जनाएको छ । आईएफ डिजाईन अवार्ड जित्न सफल भएको यो मेसिनको अधिकतम मूल्य ५६ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
टीसीएल ब्राण्डका लागि नेपालको एक मात्र आधिकारीक विक्रेता चौधरी ग्रुपअन्तर्गत इओएल प्रालिले यो मेसिन बजारमा ल्याएको हो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.