अब ५ किलो ग्यास सिलिण्डर बजारमा, एकसाता पछि नै कार्यान्वयन हुने अवस्थामा

  २०७३ मंसिर ९ गते ८:४९     विकासन्युज

काठमाडौं ९, मंसिर । सरकारले खान पकाउने ५ किलो ग्यास अट्ने सिलिण्डर बजारमा ल्याउने भएको छ । मन्त्रिपरिषद्बाट पारित भैसकेको यससम्बन्धि व्यवस्था राजपत्रमा प्रकासित भएपछि लागु हुने छ ।

5kg-lpg-gas हालको १४.२ किलो ग्यास भएका सिलिण्डर पनि प्रयोगमै रहनेछन् । नयाँ व्यवस्थामा अर्को १९ किलो ग्यास अलि ठूलो सिलिण्डर पनि अब बजारमा देख्न पाइने छ ।

कम परिणममा ग्यास खपत गर्ने उपभोक्ताकोृ संख्या धेरै छ । सानो सिलिण्डर हुँदा बोक्न सजिलो हुने गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्ववावु पुडासैनिले भने । विद्यार्थीलाई सहजिकरण गर्न ५ किलो ग्यास भर्न मिल्ने सिलिण्डर लागू गर्न लागिएको हो ।

ती सिलिण्डर कार्यान्वयन गर्न एलपी ग्यास बोटलिङ प्लान्ट मापदण्ड तयार पार्न लागिएको पनि उल्लेख छ । राजपत्रमा छाप्न कात्तिक ७ मै पठाएको अबको एक दुई दिन भित्रमा आउने र एक सातापछि कार्यान्वयन हुने पनि उल्लेख छ । कान्तिपुर दैनिकबाट ।