यस कारण हुँदैछ स्ट्याण्डर्ड चाटर्ड बैंकको बूक क्लोज

  २०७३ मंसिर १४ गते १५:०६     विकासन्युज

काठमाडौं, १४ मंसिर। स्ट्याण्डर्ड चाटर्ड बैंक लिमिटेडको मंसिर २२ गतेदेखि ३० गतेसम्म बुक क्लोज रहने भएको छ । बैंकले मंसिर ३० गते हुन लागेको साधारण सभा प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द हुने भएको छ ।

scb_book_close
हाल बैंकको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । मंगलबार बैंकको प्रतिकित्ता सेयर करिब २८०६ रुपैयाँमा कारोबार भइरहेको छ ।