२०७३ मंसिर १९ गते ७:५४ विकासन्युज
काठमाडौं १९, मंसिर । दूरसञ्चारको पहुँच विस्तारसँगै दोहोरो सिमकार्ड प्रयोग गर्नेको संख्यामा पनि वृद्धि भएको छ । सेवाप्रदायक कम्पनीहरुबीचको तीव्र प्रतिस्पर्धाका कारण भिन्न सुविधाका लागि उपभोक्ताले दोहोरो सिमकार्ड प्रयोग गर्छन् ।
डबल सिमकार्ड प्रयोग हुने स्मार्टफोन र एक कम्पनीबाट अर्कोमा लाग्ने शुल्कसमेत महँगो भएपछि दोहोरो सिमकार्ड प्रयोगकताको संख्या बढेको हो ।
प्राधिकरणले सार्वजनिक गरेको म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम प्रतिवेदनका अनुसार साउनसम्म ३ करोड १८ लाख २० हजारमा दूरसञ्चार सेवा पुगेको छ । कुल दूरसञ्चार पहुँचमध्ये ३ करोड ग्राहक मोवाइल सेवामार्फत छन् । कारोबार दैनिकबाट ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.