२०७३ मंसिर २८ गते १३:०८ विकासन्युज
काठमाडौं, २८ मंसिर । साहारा विकास बैंकले २३ हजार ६ सय ५ कित्ता सेयर लीलामी गर्ने भएको छ । बैंकले मंगलबार सुचना प्रकाशित गर्दै हकप्रदबाट नबिकेको १७ हजार ७ सय संस्थापक सेयर र ५ हजार ९ सय ५ कित्ता साधारण सेयरहरु बिक्री गर्न लागेको जनाएको छ ।
कम्पनीको बिक्रि प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । सो सेयर खरिद गर्नका लागि इच्छुक कम्पनी तथा व्यक्तिहरुले पुस १४ देखि २१ गतेभित्रमा आवेदन दिन सक्नेछन् ।
सर्लाही जिल्लामा प्रधान कार्यलय रहेको बैंकले गत असोज १४ गतेदेखि कात्तिक १८ गतेसम्म एक सय पचास प्रतिशत हकप्रद बिक्रि गरेको थियो । बैंक २५ करोड ७८ लाख चुक्तापूँजी रहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.