२०७३ पुष ४ गते १३:२८ विकासन्युज
काठमाडौं, ४ पुस । अल्पाइन डेभलपमेन्ट बैंकले ३ बराबर २.०८ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ ।
उक्त निर्णय आइतबार बसको बैंकको १२०औँ बैंक सञ्चालक समितिको बैठकले गरेको छ । बैठकको निर्णयलाई बैंकको आगामी साधारणसभाले अनुमोदन गर्नुपर्ने छ ।
हाल बैंकको चुक्ता पूँजी २२ करोड ७१ लाख रुपैयाँ रहेको छ । सोमबार कम्पनीको प्रतिकित्ता सेयर करिब ३६७ रुपैयाँमा कारोबार भइरहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.