२०७३ पुष ४ गते १६:४४ विकासन्युज
काठमाडौं, ४ पुस । कामना विकास बैंकले २१ दशमलब ५८ प्रतिशत बोनस दिने निर्णय गरेको छ । उक्त निर्णय सोमबार बिहान बसेको बैंकको बैंक सञ्चालक समितिको बैठकले गरेको छ ।
बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकका आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । बैठकको निर्णयलाई सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् ।
हाल बैंकको चुक्ता पूँजी ६६ करोड १६ लाख रुपैयाँ रहेको छ । सो मात्राको बोनस पश्चात बैंकको चुक्ता पूँजी ८० करोड ४३ लाख रुपैयाँ पुग्ने छ । सोमबार बैंकको सेयर मूल्य प्रतिकित्ता ३५५ रुपैयाँ रहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.