अरुण कावेली पावर लिमिटेडले जारी गरेको साधारण सेयरको बाँडफाड आज

  २०७३ पुष ५ गते १२:४५     विकासन्युज

काठमाडौं, ५ पुस । अरुण काबेली पावर लिमिटेडले जारी गरेको साधारण सेयर मंगलबार दिउसो तीनबजे बाँडफाड हुने भएको छ । कम्पनीले गत कात्तिक ९ गते ३० करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गरेको थियो ।
arun-kabeli
कम्पनीको साधाराण सेयरमा जारी गरेको रकम भन्दा ४३ गुणा अर्थात १२ अर्व रुपैयाँको सेयर आवेदन परेको थियो । सो कम्पनीले साना लगानीकर्तालाई गोलाप्रथाबाट सेयर बाँडफाड गर्ने प्रवल सम्भावना रहेको कम्पनीका प्रमूख कार्यकारी अधिकृत रमेश न्यौपानेले जानकारी दिए ।

उनका अनुसार मंगलबार दिउसो तीन बजे सिद्धार्थ क्यापिटलमा बसेर सेयर बाँडफाड गरिने छ । तीन सय ५० देखि पाँच सय कित्तासम्म सेयरको लागि आवेदन दिने सर्वसाधरणले साढे दुई प्रतिशतको दरमा सेयर पाउने सम्भावना रहेको छ ।

पाँच सय कित्ताभन्दा बढी सेयर माग्ने ठुला लगानीकर्ताले भने २ प्रतिशतको हाराहारीमा सेयर पाउने छन् । सो कम्पनीको धितोपत्र निष्कासन तथा विक्रि प्रबन्धको काम सिद्धार्थ क्यापिटलले गरेको छ ।