२०७३ पुष ७ गते १७:२२ विकासन्युज
काठमाडौं, ७ पुस । एस एण्ड एस गार्मेन्ट प्रालिद्धारा उत्पादित कपडाहरुको मेला पौष ९ गते शनिबार कुलेश्वरस्थित गौतम श्री कम्प्लेक्समा हुने भएको छ । स्वदेशमै रोजगारीको अवसर सृजना गर्दै नेपालमै उत्पादित गुणस्तरीय कपडाको प्रयोग गराउने उद्देश्यका साथ कपडा व्यापार मेला गर्न लागिएको एस एण्ड एस गार्मेन्टका बजार प्रबन्धक रामेश्वर रिमालले बताए ।
जाडो तथा गर्मीका लागि कपडा उत्पादन गर्दै आएको एस एण्ड एस गार्मेन्टले स्कुल, कलेज, संघ सस्थाहरुका लागि पनि अर्डर अनुसारका कपडा तयार गर्दै आएको छ । नेपालमा उत्पादन गरिएको गार्मेन्ट प्रयोग गर्न प्रोत्साहित गर्ने उद्देश्यका साथ सर्वसाधारणलाई मेलामा सहभागि हुन गार्मेन्टले आब्हान गरेको छ । उक्त मेला बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म हुने गार्मेन्टले बताएको छ । यस अघि पनि गार्मेन्टले पहिलो र दोस्रो व्यापार मेला गरिसकेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.