२०७३ पुष ९ गते १६:४३ विकासन्युज
काठमाडौं, ९ पुस । कोकाकोला धेरै वर्ष देखि यसको पुर्नताजगीको प्रतिबद्धता सहित उल्लासमय क्रिशमसको विज्ञापन, अभियानहरुका साथमा एउटा महत्वपूर्ण भाग बन्दै आएको छ । मेरी र जोली सान्ता क्लज बिना क्रिश्मस को कुनै महत्व हुदैन भन्ने हामीलाई थाहा भएकै हो । यथार्थमा, अधिकांश मानिसहरु अचम्भित हुन्छन की सन् १९३२ पहिले हाल चलिआएको ठूलो र आनन्ददायक, रातोसुट लगाएको र सेतो दाह्रि पालेको सान्ता अग्लो, ख्याउटे, दुब्लो, र अलौकिक जस्तो देखिन्थ्यो । त्यसपछि, कोकाकोला कम्पनीले नै हालको आनन्दित मुद्रामा देखिने सान्ता क्लजको आकार बनाएको हो । फिनिस अमेरिकन कलाकार ह्याडोल सन्तबोल्मसँगै कोकाकोलाको पनि दशकौं, र पुस्तौं लामो सम्बन्ध छ, यो आनन्दको बिम्बसँग ।
कोकाकोला कम्पनीले सान्ता क्लजलाई लोकप्रिय संस्कृतिको अभिन्न अंगको रुपमा आनन्द दायक, उज्यालो रातो सुटमा सेतो दाह्रि भएको मानिसलाई लोकप्रिय बनाउन योगदान गर्यो । (आजभोली ऊसँग गाडा र तान्नको लागि बारहसिँग पनि रहेको हुन्छ, साथ साथै श्रीमती क्लज पनि हुन्छिन् ।) सन् १९२० देखि कोकाकोलाले आफ्ना विज्ञापनहरुमा प्रशिद्ध व्यक्तित्वको रुपमा एउटा ससक्त संस्करणलाई प्रचार सामाग्रीको रुपमा चित्रित गर्न थालेको हो । सन् १९३० मा कलाकार फ्रेड मिजेनले कोकाकोलाको बोतल पिउँदै गरेको सान्ताको चित्र डिपार्टमेन्टल स्टोरमा सामूहिकमा बनाएका थिए । यो विज्ञापनमा विश्वको सबैभन्दा ठूलो सोडा फाउन्टेन अंकित थियो र मिजेनको चित्रकलालाई त्यसपछि छापामा समाहित गरियो ।
सन् १९३१ मा, कोकाकोला कम्पनीले आफ्नो विज्ञापन सामाग्री लोकप्रिय छापा पत्रिकाहरुमा शुरु गर्ने निर्णय गर्यो र कोकाकोला एकाउन्ट समालिरहेका कार्यकारी आर्ची लीले डि आर्ची विज्ञापन एजेन्सीमा, पूर्णरुप देखाउने सान्ता, जो जीवन्त हुनुका साथै जादूमयी र उक्त समयको प्रतिबिम्बको रुपमा हुनुपर्ने बिदाको अभियानमा देखिनु पर्ने चाहना गरेका थिए । सान्ताको कलाकारि आवश्यकता र उत्प्रेरक चरित्रलाई सन्तुलनमा गर्नकालागि मिचिगनमा जन्मिएका चित्रकार हाडोन सन्डब्लोम आफैंले उक्त समयमा नै सान्ताको व्यवहारिक मानव आकृतिको श्रृजना गरेका हुन् । सान्ता कुनै कार्टुन वा काल्पनिक व्यक्तित्व नभई, समग्रमा मानवीय गुण भएको मानिस र सम्बन्धित विशेषताहरु सहित हो ।
सन १८२२ को क्लार्क मारीको एक कविता “अ भिजिट फ्रम सेन्ट निकोलास” का पात्र सेन्ट निकोलासबाट प्रभावित भई सन्डब्लोमले खुशी, आनन्दित र मावन जस्तै लाग्ने आकृतिको श्रृजना गरेका थिए ।
सान्ताको रातो कोट कोकाकोलाको रंग सँग सम्बन्धित छ भनिए पनि रातो कोट सान्ताले सान्डब्लोमले आकृति कोर्नु अगाडि नै लगाउन थालेको थियो । त्यसपछि फोटो खिचेर सान्ता तस्विर बनाउन थालियो । यस बेलासम्म मानिसहरु सान्ताको तस्विर यति शुक्ष्म ढंगेले निगरानि गर्न थालेका थिए कि सान्ताको रुप रंगको बारेमा कोकाकोलालाई चिट्ठी पठाउँथे । एक साल, सान्ताको बेल्ट पछाडिको भागमा थियो, (सायद सन्डब्लोमले त्यो समयमा ऐनामा हेरेर चित्र बनाएका थिए) । अर्को वर्ष, सान्ता विवाहको औंठि बिना नै देखापरे, यसको कारणमा श्रीमती क्लज सँगको दुखद कुनै घटना थियो । बालबालिकाहरु पनि, जो पछि विज्ञापनहरुमा देखापरे, दुई बालिकाहरु कलाकारको छिमेकीहरुमा आधारित थिए । तस्विरलाई सन्तुलित बनाउन सण्डब्लोमले ती मध्ये एकलाई बालक चित्रित गरे ।
सन् २००१, एलेक्जान्द्रे पेट्रोभले सिर्जना गरेको एनिमेटेड टेलिभिजन विज्ञापन, जसमा कोकाकोला सान्ता देखाईएको पनि सन् १९६२ को सण्डब्लोमको चित्रकलामा आधारित रहेको थियो । दशकौं पछि पनि सण्डब्लोमको तस्विरले आधुनिक समयमा पनि सान्ता क्लजको तस्विरलाई उत्प्रेरित गरिरहेको छ, जून विश्वभरका मानिसहरुले माया गर्दछन् ।
सण्डब्लोम र कोकाकोलाको सुन्दर श्रृजनाको कारण, गुलाबी गाला र न्यानो मुस्कानका साथमा हिउँ जस्तै सेतो दाह्रि भएको मानिसले खुशि फैलाउँछ, केटाकेटी र प्रौढहरुमा करिब शताब्दीदेखि खुशी संचार गरिदिएको छ र विश्वभर मानिसहरु सान्ताको शक्तिशाली प्रतिबिम्बलाई माया र आफ्नो सम्झिरहेका छन् । यसमा कुनै शंका छैन कि आगामी दिनमा पनि हाडोन सण्डब्लोम, कोकाकोला र सान्ता क्लज एक आपसमा सँधै जोडिईरहने छन् ।
बोटलर्स नेपाल लिमिटेडका निर्देशक, पुनित वाश्र्नेले भने, “अहिले नेपालमा र विश्वभर परिवार र साथी भाईसँग बिदाको मौसममा कोकाकोला साटासाट गर्नु वार्षिक चाडवाडहरुको अभिन्न अंग र भाग बनेको छ । यो लोभलाग्दो कथा कसरी महान ब्राण्डहरु लोकप्रिय संस्कृतिको अभिन्न अंगबन्दै ग्राहकहरुसँग बलियो र लामो नाता गाँस्न सक्छन् भन्ने कुराको प्रमाण पनि हो ।”
Copyright © 2025 Bikash Media Pvt. Ltd.