२०७३ पुष १० गते ८:३२ विकासन्युज
काठमाडौं १०, पुस । चीन सरकारले अनुदानमा उपलब्ध गराएको इन्डक्सन चुल्हो महँगो मुल्यका कारण बिक्री नभएपछि सरकारले मूल्य घटाएर बेच्ने भएको छ ।
गत बर्ष भारतले नाकाबन्दी लगाएको बेला चीन सरकारले १० हजार थान इन्डक्सन चुल्हो सरकारलाइ अनुदान दिएको थियो ।
बजार मूल्यभन्दा चार गुणा बढी मूल्य निर्धारण गरिएका कारण इन्डक्सन चुल्हो बिक्री भएको थिएन ।
करिब एक बर्षसम्म त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको गोदाममै थन्किएका यी इन्डक्सन चुल्हो सरकारले मूल्य घटाएर बेच्ने तयारी गरेको छ ।
प्रतिचुल्हो ११ हजार रुपैयाँ मूल्य निर्धारण गरेका कारण एउटा पनि नबिकेपछि सरकारले मूल्य घटाएर ३ हजार ५ सय रुपैयाँमा बिक्रिी गर्ने गरी तयारी गरेको हो । कारोबार दैनिकबाट ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.