२०७३ पुष १० गते १३:०१ विकासन्युज
काठमाडौं, १० पुस । टोयोटा गाडीका नेपालका लागि एक मात्र आधिकारिक वितरक युनाइटेड टेडर्स सिण्डिकेटले नयाँ शोरुम ललितपुरको कुपण्डोलमा संचालन गरेको छ । टोयोटा गाडि बिक्री गर्दै आएको इष्टलिंक मोर्टस प्रालिले टोयोटाको गाडिहरुको नयाँ शोरुम शनिबारदेखि संचालनमा ल्याएको हो ।
शोरुमको उद्घाटन भ्वइथका प्रेसिडेन्ट शुरज बैद्य र प्रबन्ध निर्देशक रितु सिंह बैद्यले संयुक्त रुपमा गरेका हुन् । नयाँ शाखामा टोयोटाका विभिन्न मोडलहरुका गाडिहरु खरिद गर्न सकिनेछ । कम्पनीले नयाँ शाखा स्थापना गरेको उपलक्ष्यमा टोयोटा गाडि खरिदकर्ताहरुका लागि विशेष सुविधा तथा अफरहरु पनि दिने बताएको छ । साथै, उक्त अवसरमा नयाँ गाडी खरिद गर्ने ७ जना ग्राहकलाई साँचो हस्तान्त्रण गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले ग्राहकको चाहनालाई मध्येनजर गर्दै शोरुम विस्तार गरेको हो । कम्पनीका अनुसार यस शोरुमबाट ग्राहकले प्राडो, र्याफो, हाइलक्स लगायतसबै किसिमका टोयोटा उत्पादनहरु खरिद गर्न सक्ने छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.