२०७३ पुष ११ गते ११:५८ विकासन्युज
काठमाडौं ११, पुस । आन्तरिक पर्यटन महोत्सवमा हेलिकप्टरको प्रयोग व्यापक हुन थालेको छ । मेला महोत्सवमा आयोजकले हेलिकोप्टरबाट दृष्यावलोकन गराउने, अवलोकनकर्ता आकर्षण गर्न हेलिकोप्टर सेवा प्रदायकसँग भाडामा लिएर मेला अवधिभर हेलिकोप्टरबाट दृष्यावलोकन गराउँन थालेका छन् । मेला महोत्सवमा आयोजकले ३ हजारदेखि ३५ सय रुपैयाँमै हेलिकोप्टरबाट दृष्यावलोकन गराउन थालेका छन् ।
अहिले आन्तरिक पर्यटन महोत्सवको सिजन भएकोले हेलिकोप्टर सेवा प्रदायकलाई भ्याइनभ्याइँ भएको सिम्रिक एयरका महाप्रवन्धक दिलबहादुर ओलीले बताए । उनका अनुसार दिनदिँदै महोत्सव आयोजकबाट हेलिकोप्टरको डिमाण्ड आउने गरेको छ । महोत्सव आयोजकले प्रतिघण्टाको दुईलाख रुपैयाँसम्ममा हेलिकोप्टर भाडामा लिने गरेका छन् । त्यसपछि पाँच मिनेटदेखि आधा घण्टासम्मको प्याकेज तयार पार्ने गरेको ओलीले बताए ।
उनका अनुसार पाँच मिनेट दृश्यावलोकन लागि ३ हजार देखि ३५ सय रुपैयाँसम्मकै प्याकेज तयार पार्छन । एक पटकमा चारपाँच जनासम्म उडान सकिने भएकोले पनि आयोजकले आवश्यकता अनुसारको प्याकेज तयार पारेर हेलिकोप्टरमार्फत सेवा दिन थालेको हुन ।
पर्यटन बोर्डमा महोत्सव प्रवद्र्धन गरिदिन प्रस्तावको आइरो
विदेशी पर्यटकका लागि अहिले अफ सिजन हुने गरेको भएपनि आन्तरिक पर्यटकको लागि भने मंसिरदेखि चैतसम्म नै सिजन हुने गरेको नेपाल पर्यटन बोर्डका बरिष्ठ प्रवन्धक मणि लामिछानेले बताए । उनका अनुसार अहिले आन्तरिक पर्यटन महोत्सव भ्याइनभ्याई छ । बोर्डले करीब २५ देखि ३० वटा आयोजना गरिसकेको छ भने अझै ४० वटा जति बोर्डसँगकै सहकार्यमा महोत्सव हुँदै छ ।
बोर्डको सम्पर्कमा नआएका जिल्ला, क्षेत्र तथा स्थानिय तहसम्म हुने महोत्सव भने वर्षभरीमा करीब १५० वटा सम्म हुन थालेको पनि लामिछानले बताए । उनका अनुसार पछिल्लो समय मेला महोत्सव पहिलो प्राथमिकता व्यापरिक उद्देश्य हो भने दोस्रो पर्यटन प्रवद्र्धन र स्थान पहिचान गराउने माध्यम पनि हो । बोर्डले महोत्सवको प्रवद्र्धन गर्ने काम गर्छ ।
विभिन्न ट्राभल्स एजेन्सिको सहकार्य तथा हेलिकोप्टर कम्पनी आफैंले महोत्वमा हेलिकोप्टरमार्फ सेवा दिने र आयोजकले प्रयोग गर्ने प्रचलन बढिरहेको छ । हेलिकप्टर सेवा सामान्य नेपालीले समेत प्रयोग गर्न सक्ने तथा आन्तरिक पर्यटकले पनि हेलिकप्टरको प्रयोग गर्न सक्छन भएकोले पनि यसको प्रयोग बढेको उल्लेख छ ।
महोत्सवमा हेलिकोप्टरको प्रयोगको सुरुवात ६ वर्ष अगाडि सिम्रिक एयरले नै शुरु गरेको भएपनि अहिले अन्य हेलिकप्टर कम्पनीले समेत पछ्याउन थालेका छन् । आन्तरिक पर्यटन आकर्षणका लागि हेलिकप्टरको प्रयोग उपयुक्त हुने देखेर महोत्सव आयोजकले यसलाई प्रयोग गर्न चाहेका छन भने जहाज कम्पनीले पनि खाली बस्न नपर्ने र पैसाको कारोबारसमेत भइरहने भएकाले आन्तरिक पर्यटकीय गन्तव्य तथा महोत्सवमा हेलि प्रयोग गराएका हुन ।
आन्तरिक महोत्सवबाट ठूलो लाभ हुन नसके पनि लागत खर्च उठेसम्म हेलिकप्टर उडान गर्न आफूहरु तयार भएपनि यसको प्रयोग बढ्न थालेको उल्लेख छ । न्युनतम पाँच मिनेटका लागि ३ हजार ५ सयसम्मको प्याकेजमा उडान गर्दासम्म लागत धान्न सक्ने भएकोले महोत्सवको स्थान हेरी सोही रकम अनुसारको प्याकेज ल्याउन सकिने उनले भनाई छ ।
महोत्सव स्थान हेरेर आयोजकले अझै सस्तो गरेर लागत धान्ने गरी पनि सेवा दिन सक्ने ओलीको भनाई छ । हाल नेपालमा नौ वटा निजी कम्पनीको हेलिकोप्टर संचलानमा छन् । महोत्सवको सिजन भएकोले सबै कम्पनीलाई भ्याइनभ्याई भएको पनि उल्लेख छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.