१०६५ जनालाई एक दिनको भत्ता १५ दिनको तलव सरह, भत्तामा सवा करोड खर्चदै उड्डयन प्राधिकरण

  २०७३ पुष १६ गते ९:२५     विकासन्युज

काठमाडौं १६, पुस । नेपाल नागरिक उड्डयन प्राधिकरणले आज मनाउँदै गरेको १८ औं वार्षिकोत्सवबाट यसले आफ्ना कर्मचारीलाई १५ दिनको तलवबराबरको भत्ता बाड्ने भएको छ । अर्थ मन्त्रालयले प्राधिकरणका कर्मचारीलाई १५ दिनको तलब बराबरको भत्ता दिन स्वीकृति दिएको आज घोषणा हुने प्राधिकरणका महानिर्देशक सञ्जिब गौतमले बताए । उनका अनुसार कर्मचारीलाई प्रोत्साहन भत्ता वापत यो रकम दिइने भएको छ ।

प्राधिकरका कर्मचारीले यो वर्षबाट हरेक वर्ष आफ्नै संस्थाको वार्षिकोत्सव मनाउँदा १५ दिनको तलव भत्तावापत पाउने छन् । यस अघि १६ वर्षदेखि प्राधिकरणका कर्मचारीले वार्षिकोत्सव भत्ता बापत जम्मा पाँच सय रुपैयाँ पाउँदैन आएका थिए । कर्मचारीले एक दिनको भत्ता करीब अवा करोड रूपैयाँ खर्च हुने प्राधिकरणले जानकारी दिएको छ । caan-11

प्राधिकरणका कर्मचारीले हरेक वर्ष डिसेम्बर ३१ का दिन मनाउने प्राधिकरणको वार्षिकोत्सवमा एक दिनको भत्ता वापत यो पैसा पाउने भएका छन् ।

हाल प्राधिकरणमा १०६५ जनाको दरवन्दी भएपछि करीब नौ सय जना मात्रै कार्यरत रहेको प्राधिकरणले जानकारी दिएको छ । बाँकी पदपूर्ति भएको अवस्थामा पनि सबैले पाउने यो सुविधा सबै स्थायी कर्मचारीको हकमा लागू हुने छ ।

यस अघि प्राधिकरणले एक दिनको भत्ता एक महिनाकै तलवरसर अर्थात दुई करोड ४२ लाख रुपैयाँ माग गरेका थिए । अर्थ मन्त्रालयले १५ दिनको तलव बराबरको भत्ता मात्रै स्वीकृत गरेकोले सोही अनुसार हुने प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणले आफ्ना कर्मचारीलाई आव २०६८र७९ को नाफाबाट १० प्रतिशतसम्म बोनस खुवाउने तयारी गरिरहेको छ । प्राधिकरणका कर्मचारीले अहिले पनि १४ महिनाको तलब पाइरहेकामा अझै एक दिनको वार्षिकोत्सवको भत्ता पनि एक महिनाको तलब बराबार नै माग गरेका थिए। प्राधिकरणका अनुसार आजकै वार्षिकोत्सव कार्यक्रममार्फत कर्मचारीलाई बोनसको पनि घोषणा हुने उल्लेख छ ।

प्राधिकरण स्रोतका अनुसार दुई वर्ष अगाडि नै प्राधिकरणका विभिन्न पाँच वटा टे«ड युनियन र सात वटा पेशागत संगठनले एक महिनाको भत्ता माग गर्दै १६ औं वार्षिकोत्सव बहिस्कार गरेका थिए । एक दिनको वार्षिकोत्सव मनाउन एक महिनाको तलव भत्तासहितको सबै सुविधा माग गरेपपछि प्राधिकरण संचालक समितिले कर्मचाारीको दबाब थेग्न नसकेर निर्णय पनि गरिसकेको भएपनि औपचारिक लागू भने दुई वर्ष पछि हुँदै छ ।

कर्मचारीले प्राधिकरणको सुधारको लागि नीतिगत, पेशागत र संस्थागत माग पूरा नगरेको बताउँदै कार्यक्रम बहिस्कार गर्ने बताए । एक महिनाको तलव नपाए आफ्नै संस्थाको जन्मदिन बिर्सिन बाध्य हुने पनि कर्मचारीको चेतावनी यो वर्ष पनि दिएका थिए ।

प्राधिकरणका कर्मचारीले युनियले गरेको यो माग पूरा भए श्रेणीविहिन कर्मचारीदेखि १२ औं तहका कर्मचारीसम्मका लागि लाभ हुन्छ । प्राधिकरण स्रोतले भन्यो । कर्मचारीको सेवा सुविधा दिने विषय ठीक भएको, संस्थासँग पैसा पनि भएको र वार्षिक अर्ब नाफा कमाउने संस्थाले कर्मचारीको लागि सवा करोड खर्च गर्नु ठूलो विषय नभएको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणले कर्मचारीको भत्तामा नै त्यति धेरै खर्च गरेर बार्षिकोत्सव मनाउनुको कुनै तुक नभएको पर्यटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.