२०७३ पुष २७ गते १८:०४ विकासन्युज
काठमाडौं, २७ पुस । आश्वा प्रणाली लागुु गर्ने विषयमा नेपाल धितोपत्र बोर्ड एक कदम पछाडि हटेको छ । माघदेखि अनिवार्य गरिएको आश्वा प्रणाली तत्काललाई स्वेच्छिक बनाइएको बोर्डले बुधबार जारी गरेको विज्ञेप्तिमा जनाइएको छ ।
नेपाल धितोपत्र बोर्डले आगामी माघ १ गतेदेखि लागू गर्न लागेको आश्वा प्रणाली अनिर्वाय नभएको बताएको छ । उक्त प्रणाली हाल ऐच्छिक भएकोेले बोर्डले अनिवार्य नगरेसम्म पुरानो प्रणाली अनुसार लगानीकर्ताहरुले सार्वजनिक निष्काशनमा सेयर खरिदका लागि आवेदन गर्न सक्ने बोर्डद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
साथै, हाल बोर्डले नेपाल राष्ट्र बैंकबाट “क” वा “ख” वर्गको इजाजत पत्र प्राप्त संस्थाहरुलाई उक्त प्रणालीमा समावेश गरी कार्य अगाडि बढाएको छ । साथै, बोर्डले आगामी फागुन महिनादेखि नेपाल राष्ट्र बैंकबाट “ग” वर्गका इजाजतपत्र प्राप्त वित्त कम्पनीहरुलाई समावेश गराई यस प्रणालीलाई क्रमशः अनिवार्य गर्ने बोर्डको योजना रहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.