२०७३ माघ १० गते १६:३१ विकासन्युज
काठमाडौं, १० माघ । सोमबार मात्रै एक करोड ३२ लाख ५३ हजार ४८८ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । साथै, सोही दिन ४ लाख १८ हजार २८९ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ ।
सनराइज बैंकको एक करोड ३२ लाख ५३ हजार ४८८ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।
सोही दिन अन्य २ वटा बैंक तथा वित्तीय संस्थाको हकप्रद शेयर नेप्सेमा सूचिकृत भएको छ । गुहेश्वरी मर्चेन्ट बैंकिङ् एण्ड फाइनान्सको २८ हजार २८९ कित्ता र माउन्ट मकालु डेभलपमेन्ट बैंकको ३ लाख ९० हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको हो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.