२०७३ माघ १४ गते १२:१६ विकासन्युज
काठमाडौं, १४ माघ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल)ले ६ लाख ५८ हजार ५६५ कित्ता एफपीओको लागि प्रक्रिया अघि बढाएको छ । इन्स्योरेन्सले सो मात्राको एफपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
कम्पनीले एनएमबी क्यापिटल मार्फत एफपीओ जारी गर्न अनुमति मागेको छ । कम्पनीले आफ्नो पुँजी वृद्धिको योजना अनुसार सो मात्राको एफपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको हो ।
इन्स्योरेन्सले गत माघ १२ गते नै बोर्डमा निवेदन दिएको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.