२०७३ माघ १६ गते १४:२७ विकासन्युज
महेन्द्रनगर, १६ माघ । पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक एचएच बजाजले महेन्द्रनगरमा आफ्नो नयाँ शोरुमको शुभारम्भ गरेको छ । एचएच बजाजले आफ्नो कार्यलाई थप बढाउँदै लाने उद्देश्यले पूर्ण सुविधासहितको नयाँ शोरुम के. एम. इन्टरप्राइजेज महेन्द्रनगरको कन्चनपुरमा संचालनमा ल्याएको छ ।
एचएच बजाज ग्राहकहरुका लागि उनीहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य भूक्तानी गर्नका लागि सँधै प्रतिबद्ध रहेको छ । कम्पनीका अनुसार नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउनेछ । यसैको माध्यमबाट एचएच बजाजले आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । एचएच बजाजले कँहि कतैबाट पनि छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको छ ।
नयाँ शोरुम शुभारम्भ भएको अवसरमा, एचएच बजाजका कार्यकारी निर्देशक शेखर गोल्छाले भने, ‘हामी हाम्रा ग्राहकहरु निरन्तर बढिरहेकोमा निकै खुशी छौं । त्यसको लागि हाम्रा ग्राहकहरुलाई सहिरुपमा संतुष्टिकासाथ सेवा प्रदान गर्नु हाम्रो उत्तरदायित्व हो । हाम्रो महेन्द्रनगरको कन्चनपुरमा रहेको नयाँ शोरुमको माध्यमबाट ग्राहकहरुका लागि एक कदम थप सहजता हुनुका साथै बजाज मोटरसाइकलहरुको अनुभव लिने अवसर हुने हामीले अपेक्षा गरेका छौं । हामी देशैभरी रहेका हाम्रा ग्राहकहरुलाई उच्चगुणस्तरको सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं । भगवानको कृपा र हाम्रा ग्राहकहरुको ख्यातीका साथमा हाम्रो भविश्य उज्वल रहेकोमा म विश्वस्त छु ।’
नयाँ शोरुमको शुभारम्भसँगै, शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको कम्पनी जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.