जगदम्बा सिमेन्टद्धारा भूकम्प प्रतिरोधात्मक भवन निर्माणको लागि जानकारी

  २०७३ माघ १६ गते १७:१७     विकासन्युज

काठमाडौं, १६ माघ । जगदम्बा सिमेन्टले दिगो तथा भूकम्प प्रतिरोेधात्मक संरचना निर्माणमा अवलम्वन गर्नुपर्ने विविध प्राविधिक जानकारी प्रदान गर्दै आएको छ । कम्पनीले माघ १४ गते शुक्रबार भक्तपुरको टुरिजम मार्केटमा राजमिस्त्रीहरुसँगको भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा १०० भन्दा बढी राजमिस्त्री तथा डिलर वर्गहरुको सहभागिता रहेको थियो ।

jagadamba_Mason-Meet-Photo

जगदम्बा सिमेन्टले उपभोक्ता तथा समाज प्रति उत्तरदायी रही विविध उपभोक्तामुखी कार्यक्रम समेत गरिरहेको छ । कम्पनीले यसै आर्थिक वर्षमा ‘आऔ सबै मिलि देश बनाऔभन्दै सारा नेपालीलाई देश निर्माणको लागि अपिल गरिरहेको छ । सिमेन्टले आफ्नौ स्तरबाट सरकारले अघि सारेको पुनःनिर्माणको कार्यलाई सघाउने उद्देश्यले सुरक्षित र मजबुत निर्माण गर्नका निम्ति विभिन्न कार्यक्रमहरु अघि सार्दै देशका विभिन्न स्थानमा कार्यक्रमहरु गरिरहेका ेछ ।