नेप्से परिसूचक १३ सय तल, सबै समूह राताम्मे, सातामा करिब ८७ अंकको गिरावट

  २०७३ माघ २७ गते १५:२५     विकासन्युज

काठमाडौं । बिहीबार सेयर बजारमा नेप्से परिसूचक १३ सय विन्दुभन्दा तल ओर्लेको छ । साताको शुरुदेखि नै सेयर बजार निरन्तर ओरालो लागेको छ । साताको पहिलो दिन आइतबार कारोबार शुरु हुँदा १३८२ अंकमा रहेको नेप्से परिसूचक घटेर साताको अन्तिम दिन बिहीबार १२९६ दशमबल अंकमा आइपुगेको छ । जुन गत ११ महिनायताको न्यूनतम बिन्दू हो ।

गत बिहीबारको तुलनामा आइतबार नेप्से परिसूचक करिब १८ अंकले घटेर १३६४ अंकमा झरेको थियो । त्यस्तै, सोमबार पनि १६ अंकले घटेर १३४८ अंकमा झरेको थियो । त्यसैगरि मंगलबार १३४४ अंकमा र बुधबार करिब २० अंकले घटेर १३२२ अंकमा ओरालो लागेको थियो । समग्रमा यस साता करिब ८७ अंकले सेयर बजार ओरालो लागेको छ ।

बजारमा नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । बिहीबार एक करोड ५४ लाख कित्ता सेयर ५७ करोड ६० लाख रुपैयाँमा किनबेच भएको छ । सो दिन जम्मा १३४ कम्पनीको सेयर कारोबार भएको छ ।

बिहीबारको सेयर कारोबारमा जम्मा ७ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । सबैभन्दा बढी मेरो माइक्रो फाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले करिब ५ प्रतिशत कमाएका छन् ।

बजारमा करोबार भएका कम्पनीमध्ये १२७ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । सबैभन्दा बढी एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, यूनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल)का लगानीकर्ताले ९ दशमलब २४ प्रतिशत गुमाएका छन् ।

बजारमा कारोबार भएका सबै समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक २२४ अंकले ओरालो लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.