सगुनको मीनी आइपिओ सार्वजनिक, प्रतिकित्ता २३ डलर, १३ कित्ता किन्नै पर्ने

  २०७३ माघ २७ गते १५:४०     विकासन्युज

काठमाडौं । नेपाल समाजिक सञ्जाल सगुन डटकमले मिनी आइपिओ सार्वजनिक गरेको छ । सेक्युरिजिट एण्ड एक्सचेञ्ज कमिसन अमेरिकाबाट अनुमति लिएर सगुनले बिहिबारबाटै संसारभरका लगानी कर्ताका लागि मिनी आइपिओ सार्वजनिक गरेको हो ।

विदेशमा लगानी गर्ने सुबिधा रहेका मुलुकका नागरिकहरुले सगुनको मिनी आइपिओ प्रति कित्ता २३ डलरमा खरिद गर्न सक्नेछन् । न्युनतम १३ कित्ता सेयर खरिद गर्नुपर्ने व्यवस्था रहेको सगुनका संस्थापक गोविन्द गिरीले बताए । सगुनले ८ लाख ६९ हजार ५ सय ६४ कित्ता सेयर सि कमन स्टकका रुपमा जारी गरेको हो ।

पहिले आवेदन दिने लगानी कर्ताले सेयर प्राप्त गर्ने नियमन रहेको छ । जारी गरिएको कुल सेयरमा आवेदन आइसकेपछि बिक्रि बन्द गरिनेछ । एकै जनाले सबै सेयर खरिद गर्न पनि सकिने सगुनका संस्थापक गिरीले बताए ।
सगुनले प्रयोग कर्ताबाट उठेको रकमको ५ प्रतिशत प्रयोग कर्तालाई नै उपलब्ध गराउने पनि जनाएको छ ।

कम्पनीले आवेदन दिएको ७० दिनमै मिनी आइपिओ जारी गर्ने अनुमति पाएको थियो । कम्पनीले अघि सारेका काम पुरा गर्न लगानीको श्रोत जुटाउने अभियानका रुपमा आइपिओ जारी गरिएको हो । पछि पुनः आइपिओ जारी गरिने पनि गिरीले जानकारी दिए ।

सगुनले २०७४ सालभित्र ३० करोड लगानी नेपालमा गर्ने योजना बनाएको उनले जानकारी दिए । सगुनले सगुन इण्डिया नामको कम्पनी मार्फत भारतमा मोबाइल एप्स सार्वजनिक गर्दैछ । हाल ४ लाख २५ हजार मानिसले सगुन उपयोग गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.