स्पेनमा उत्पादित हिमालय वाईन नेपाली बजारमा

  २०७३ फागुन ३ गते ११:२२     विकासन्युज

काठमाडौं । अलोहा हिमालय इन्भेष्टमेन्ट प्रालिले हिमालय वाईन नेपाली बजारमा बिक्री वितरण शुरु गरेको छ । हिमालय वाइन तीनवटा विभिन्न स्वादमा नेपाली बजारमा उपलब्ध हुने कम्पनीका प्रबन्ध निर्देशक दिपेन्द्र प्रधानाङ्गले बताए ।

ह्वाइट वाइन, रेड वाइन र रोज गरि तीन स्वादमा हिमालय वाइन नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यो वाइन यूरेपेली मुलुक स्पेनको ला रोजा क्षेत्रमा उत्पादन गरिएको उनले बताए ।

यी वाइनको बिक्रीबाट केही प्रतिशत रकम वैदेशिक रोजगारीका क्रममा खाडी मुलुकमा रहेर दुःख पाएका केही कामदारका छोराछोरीको अध्ययन–अध्यापनमा खर्च गरिने उनले बताएका छन् ।