शिखर इन्स्योरेन्सले १३ लाख कित्ता एफपीओको लागि माग्यो बोर्डको अनुमति

  २०७३ फागुन ३ गते १३:५१     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले १३ लाख ६२ हजार एफपीओको लागि प्रक्रिया अघि बढाएको छ । कम्पनीले सो मात्राको एफपीओ जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले फागुन २ गते बोर्डमा धितोपत्र निवेदन दिएर एनआईबिएल क्यापिटल मार्केटस् मार्फत सो मात्राको एफपीओ जारी गर्न अनुमति मागेको हो । कम्पनीले आफ्नो पुँजी वृद्धिको योजना अनुसार सो मात्राको एफपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको हो ।