मंगलबार मात्रै ६९ लाख कित्ता बोनस र १० लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत

  २०७३ फागुन ३ गते १८:२४     विकासन्युज

काठमाडौं । मंगलबार मात्रै ६९ लाख ४१ हजार ००९ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । साथै, सोही दिन १० लाख ५६ हजार ३६९ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ ।

मंगलबार चार कम्पनीको बोनस र एक कम्पनीको बोनस गरि जम्मा ५ वटा कम्पनीको सेयर नेप्सेमा सूचिकृत भएको हो । एस डेभलपमेन्ट बैंकको २० लाख ३१ हजार कित्ता, शिखर इन्स्योरेन्सको ३० लाख ७७ हजार कित्ता र सिद्धार्थ इन्स्योरेन्सको १० लाख ३४ हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

त्यस्तै, स्वरोजगार लघुवित्त विकास बैंकको १ लाख ६३ हजार कित्ता र मितेरी डेभलपमेन्ट बैंकको ६ लाख ३३ हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

सोही दिन मितेरी डेभलपमेन्ट बैंककै १० लाख ५६ हजार कित्ता हकप्रद नेप्सेमा सूचिकृत भएको हो ।