२०७३ फागुन ४ गते ९:४५ विकासन्युज
काठमाडौ । अब सेयर लगानीकर्ताले आफ्नो खाताको विवरण अनलाइनमार्फत हेर्न पाउँने भएका छन् ।
सीडीएस एण्ड क्लियरिङ लिमिटेडको धितोपत्र केन्द्रीय निक्षेप सेवा र धितोपत्र कारोबार राफसाफ तथा फछ्र्योटको दोस्रोपटक संशोधित नियमावली २०७३मा यस्तो व्यवस्था गरिएको हो ।
नेपाल धितोपत्र बोर्डले गत माघ २७ गते गरेको निर्णयअनुसार उक्त संशोधन नियमावली मंगलबारदेखि कार्यान्वयनमा आएको बोर्डका सहप्रवक्ता निरञ्जय घिमिरेले बताए ।
उनका अनुसार अब सेयर लगानीकताले कारोबारको लागि जहाँबाट डिम्याट खाता खेलको हुन, त्याहाँ वार्षिक शुल्क तिरेपछि अनलाइनमार्फत कारोबार हेर्न पाउँनेछन् । अभियान दैनिकबाट ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.