२०७३ फागुन १७ गते ८:३९ विकासन्युज
काठमाडौं । चितवनमा केन्द्रिय कार्यालय रहेको डिप्रोक्स लघुवित्त विकास बैंक लिमिटेडले २५ लाख ७९ हजार २३८ कित्ता हकप्रद सेयरको निष्कासन गरेको छ ।
यो बैंकले एक सय रुपैयाँ अंकित यो सेयर बैंकको चुक्ता पूँजी २५ करोड ७९ लाख २३ हजार ८४५ को सत् प्रतिशत रहेको उल्लेख छ ।
यो बैंकले एक सेयर बराबर नयाँ अर्को एक अर्थात सत् प्रतिशतको हकप्रद जारी गरेको छ । यो बैंकले आगामी चैत्र ७ गतेबाट आवेदन दिन पाइने व्यवस्था गरेको हकप्रद सेयरको वैशाख १० गतेसम्म आवेदन दिन पाइने जानकारी दिएको छ ।
यो बैैंकको यही फागनु २ गतेसम्म नेपाल स्टक एक्चेन्जमा कारोबार भएका सेयरधनिले मात्रै हकप्रदको लागि आवेदन दिन पाइने उल्लेख छ । यसको धितोपत्र निष्कास तथा बिक्री प्रवन्धक नबील इन्भेष्टमेन्ट बैंकिङ हो । यसको हकप्रद सेयर खरिदको लागि नबील बैंकको नक्साल र सम्बन्धित बैंकको जुनसुकै शाखाबाट पनि आवेदन दिन सकिने उल्लेख छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.