२०७३ फागुन १७ गते १६:५२ विकासन्युज
काठमाडौं । नेपाल बंगलादेश बैंकले सेयरधनीलाई ८० प्रतिशत (१० बराबर ८ को अनुपातमा) हकप्रद निष्कासन गर्न बोर्डको अनुमति पाएको छ । मंगलबार बोर्डले उक्त बैंकलाई सो मात्रामा हकप्रद निष्कासन गर्न अनुमति दिएको छ ।
बोर्डको अनमति अनुसार बैंकले ३ करोड २० लाख ९४ हजार कित्ता हकप्रद निष्कासन गर्ने भएको छ । अंकित मूल्य १०० रुपैयाँ बराबरको ३ अर्ब २० करोड ९४ लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न लागेको छ ।
हाल बैंकको बिक्री प्रवन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्दै आएको बैंकले जनाएको छ । हाल बैंकको चुक्ता पूँजी ४ अर्ब १ करोड रुपैयाँ रहेको छ । बोनस बाहेक सो मात्राको हकप्रद पश्चात बैंकको पूँजी करिब ७ अर्ब २२ करोड रुपैयाँ नाग्ने छ । मंगलबार बैंकको सेयर मूल्य प्रतिकित्ता ६०८ रुपैयाँ रहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.