२०७३ फागुन २३ गते १४:३६ विकासन्युज
काठमाडौं । साओमीले आफ्नो उत्पादनमा फड्को मार्दै प्रविधियूक्त मि मिक्स् मोबाइल नेपाली बजारमा ल्याएको छ । कम्पनीले शुक्रबारसम्म मोबाइल खरिद गर्नेलाई विशेष छुट दिने भएको छ, जसमा ५ हजार रुपैयाँ छुट गरेको छ ।
उक्त मोबाइलमा मल्टिटाक्सिङ र साधारण स्मार्ट फोनको तुलनामा ५ गुणा बढी क्षमता रहेको यस फोनमा ६जिबी र्याम, २५६ जिबी रोम रहेको छ ।
साथै, कम्पनीका अनुसार यसमा केरामिक बडी १८ के गोल्ड रिम्स् अराउन्ड क्यामेरार फिंगर प्रिन्ट सेन्सरले प्रमियमको अनुभव गराउँछ । फोर के भिडियो प्रमुखता रहेको यस फोनमा १६ एमपी/५ एमपी क्यामेरा, ४४०० एमएएच ब्याट्री रहेको छ ।
कम्पनीका अनुसार बजारमा यसको मूल्य सोमबार देखि शुक्रबार सम्म ८९ हजार ९९९ रुपैयाँ रहेको छ । त्यस्तै, शनिबारदेखि भने यस मोबाइलको मूल्य ९४ हजार ९९९ रुपैयाँ रहने छ ।
शारदा गुप्र अन्तर्गत रहेको वत्सल इम्पेक्स प्रा.लि चिनिया“ मोबाईल कम्पनी साओमीको आधिकारिक बिक्रेता रहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.