होली पर्वका अवसरमा टेलिकमले ल्यायो विशेष तीन अफर, के के छन् त अफरहरु ?

  २०७३ फागुन २७ गते १५:५५     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले होली पर्वका अवसरमा आफ्ना उपभोक्ताहरुमाझ विशेष तीन अफर ल्याएको छ । कम्पनीको उक्त तीन अफर अन्तर्गत रिचार्ज कार्डमा डेटा बोनस, यूट्युब् डेटा प्याक र एसएमएस प्याक रहेका छन् । कम्पनीको चाडपर्व अफर अन्तर्गत जिएसएमर सिडीएमए पोष्टपेड तथा प्रिपेडका सेवाग्राहीलाई बिभिन्न किसिमका सेवाहरुमा सहुलियतपूर्ण अफर उपलब्ध गराएको छ ।

कम्पनीका अनुसार रिचार्ज कार्डमा डेटा बोनस अन्तर्गत २०० रुपैयाँको रिचार्ज कार्डमा २०० एमबी डेटा, ५०० रुपैयाँको रिचार्ज कार्डमा ५०० एमबी डेटा र १००० रुपैयाँको रिचार्ज कार्डमा १००० एमबी डेटा रहेको छ । जसमा दुई दिनसम्म बोनस अवधि रहने र राती १०ः०० बजे देखी बिहान ६ः०० बजेसम्म उपभोक्ताहरुले उपभोग गर्न पाउँने छन् । यो अफरको अवधि फागुन २९ गतेदेखि चैत ०३ गतेसम्म जिएसएमर सिडीएमएका प्रिपेडका ग्राहकलाई उपलब्ध हुने कम्पनीले जनाएको छ । साथै, यो अफर अन्तर्गतको डेटा बोनस रिचार्ज गरे पश्चात् स्वतः प्राप्त हुनेछ ।

त्यसैगरी यूट्युब् डेटा प्याक अन्तर्गत १ जिबी यूट्युब् डेटा प्याक १०० रुपैयाँमा २ दिनसम्म र ५०० एमबी यूट्युब् डेटा प्याक ६० रुपैयाँमा १ दिनसम्म  उपभोग गर्न पाइने छ । यो अफरको अवधि २०७३ फागुन २९ गतेदेखि २०७३ चैत्र १३ गतेसम्म १५ दिन जिएसएमका प्रिपेड र पोष्टपेड ग्राहकलाई उपलब्ध हुनेछ । यो अफर लिनका लागि U1GB या U500MB टाइप गरी १४१५मा एसएमएस गर्नुपर्ने कम्पनीले बताएको छ ।

त्यस्तै, एसएमएस प्याक अन्तर्गत १०० वटा एसएमएस १० रुपैयाँमा (नेपाल टेलिकमको नेटवर्क भित्र मात्र) ३ दिनसम्म उपभोग गर्न पाइने छ । यो अफरको अवधि २०७३ फागुन २९ गतेदेखि चैत ०१ गतेसम्म जिएसएमर सिडीएमएका ग्राहकलाई उपलब्ध हुनेछ । यो सेवा लिनका लागि SMS100 टाइप गरी १४१५मा एसएमएस  गर्नुपर्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.