२०७३ चैत २३ गते ८:१६ विकासन्युज
काठमाडौं । बैक तथा वित्तीय संस्थाले ग्राहकलाई हरके कारोबारको सूचना दिनुपर्ने भएको छ ।
राष्ट् बैंकको भुक्तानी प्रणाली विभागले करिब २ महिनाअगाडि दिएको उक्त निर्देशन बैशाख १६ देखि अनिवार्य रुपमा कार्यान्वयनमा आउनुपर्ने भएको छ ।
प्रत्येक ग्राहकले प्रत्येक कारोबारको सूचना अनिवार्य रुपमा एसएमएसमार्फत दिनुपर्ने छ ।
पछिल्लो समय एटीएममार्फत चोरी बढेपछि ग्राहकलाई सचेत बनाउन यसो गर्न लागिएको हो । प्रत्येक कारोबारपछि अनिवार्य रुपमा सम्बद्ध ग्राहकलाई तत्कालै एसएमएस अलर्ट दिनुपर्ने निर्देशन राष्ट बैंकले दिएको छ ।
यो सुविधामा बैंकले शुल्क भने लिन नपाइने उल्लेख छ । ग्राहलाई आफ्नो खाताको जानकारी निःशुल्क रुपमा दिन पनि यो निर्देशन दिएको उल्लेख छ । बैंकले भने मोवाइल एसएमएसका लागि शुल्क तिुर्नपर्ने भएकोले निशुल्क गर्न नसकिने बताएका छन् । कान्तिपुर दैनिकबाट ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.