सुपथ दरको आवास कर्जा निस्प्रभावी, भूकम्प पीडितको घरको बासमा आशा मात्रै

  २०७४ वैशाख २ गते ८:२४     विकासन्युज

काठमाडौं । भूकम्प पीतितलाई घर निर्माणमा सहयोग पुर्याउने उद्देश्यले ल्याइएको सुपथ दरको आवास कर्जा कार्यक्रम प्रभावकारी हुन सकेन ।

भूकम्प गएको २ वर्ष भैसक्दापनि अधिकांश पीडितले उक्त सुविधा नपाएपछि यसबारे प्रश्न उठ्न थालेको हो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार यो शीर्षक अन्र्तगत गत फागुनसम्म २ सय ६४ घरघुरीले ५२ करोड ६२ लाख रुपैयाँ ऋण लिएका छन् । यो संख्या अपेक्षाभन्दा निकै कम हो ।

सरकारी तथ्यांक  अनुसार भूकम्पबाट करिब सवा ८ लाख घरमा क्षति पुगेको थियो । तीमध्ये पहिचान भएका घरघुरीो संख्या ६ लाख ३६ हजार रहेको राष्ट्रिय पुननिर्माण प्राधिकरणको तथ्यांक छ ।

जसमध्ये ५ लाख ४८ हजार २ सय ५५ लाभग्राहीसँग मात्रै निजी आवास पुनर्निमाणका लागि अनुदान सम्झौता भएको छ । कान्तिपुर दैनिकबाट ।