२०७४ वैशाख १३ गते १५:१३ विकासन्युज
काठमाडौं । सिभिल बैंकले जेठ ४ गते छैठौं वार्षिक साधारणसभा बोलाएको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट २ दशमलव ८८ प्रतिशत वोनस सेयर वितरण गर्ने र ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव साधारसभामा पेश गर्दैछ । साथै बैंकले साधारणसभाबाट युनिक फाइनान्स लिमिटेड तथा हामा मर्चेण्ट एण्ड फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्देछ । बोनस र दुई कम्पनी प्राप्तिपछि कायम चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने बैंकलको प्रस्ताव छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको रिपोर्ट अनुसार सिभिलको चुक्ता पुँजी चार अर्ब ५८ करोड ३८ लाख रहेको छ । बोनसपछि कम्पनीको चुक्तापूँजी चार अर्ब ७० करोड पुग्नेछ । बैंकले २३ करोड ८६ लाख रुपैयाँ चुक्ता पूँजी भएको युनिक फाइनान्स, २२ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी भएका हामा मर्चेन्ट एण्ड फाइनान्स पनि खरिद गर्ने सम्झौता गरिसकेको छ । बैंकले युनिक फाइनान्सलाई सय बराबर ९० कित्ता र हामालाई ८९ कित्ता सेयर प्रदान गरी खरिद गर्न लागेको हो ।
सिभिल बैंक लिमिटेडको साधारणसभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका वैशाख २१ गते देखि जेठ ४ गतेसम्म बन्द रहने बैंकले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.