२०७४ वैशाख १४ गते ९:५५ विकासन्युज
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा २६ करोड ९० लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिव ४३ प्रतिशतले बढी हो । गत वर्षको प्रथम ९ महिनामा बैंकको खुद नाफा १८ करोड ७९ लाख रुपैयाँ थियो । बैंकले सञ्चालन नाफा ४१ करोड रुपैयाँ गरेको छ ।
बैंकले चैत मसान्तसम्ममा ९ अर्ब २६ करोड निक्षेप परिचालन गरेको छ । यो रकम एक वर्षअघिको तुलनामा २ अर्ब रुपैयाँ बढी हो । त्यस्तै बैंकले ८ अर्ब ३६ करोड रुपैयाँ कर्जा सापटी दिएको छ भने र करिव ४ करोड लगानी गरेको छ ।
बैंकको क्यापिटल एडेक्वसी १२.१८ प्रतिशत छ । खराव कर्जा ०.२६ प्रतिशतमा झरेको छ । खराब कर्जा जति कम भयो त्यति बैंक त्यति धेरै राम्रो मानिन्छ ।
बैंकको सीडी रेसियो ७७ प्रतिशत छ भने कष्ट अफ फण्ड ५.४८ प्रतिशत छ । हाल बैंकको चुक्ता पुँजी १ अर्ब १० करोड रुपैयाँ छ भने संचित कोषमा ४६ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ८९ पैसा छ । बैंकको सेयर प्रतिकित्ता ४२५ रुपैयाँमा कारोबार भईरहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.