२०७४ वैशाख १४ गते १०:१७ विकासन्युज
काठमाडौं । गरिमा विकास बैंकको ९० करोड ७६ लाख रुपैंयाको हकप्रद सेयरको आवेदन खुलेको छ । बैंकले बैशाख १४ गतेदेखि जेठ १७ गतेसम्मका लागि हकप्रद सेयरका आवेदन खुल्ला गरेको हो ।
चुक्ता पुँजी वृद्धिको योजना अनुसार गरिमाले १० कित्ता बराबर ७ कित्ताको अनुपातमा एक सय रुपैंयाँ मुल्य अंकित ९० लाख ७६ हजार २ सय ९६ कित्ता सेयर निष्काशन गरेको हो । चैत २९ गतेसम्म सेयर खरिद गरेका लगानी कर्ताहरुले हकप्रद सेयर किन्न सक्नेछन् ।
एस क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धक तोकेको गरिमाले आफ्ना देशभरका शाखा, महालक्ष्मी विकास बैंकका केहि शाखा र एस डेभलपमेन्ट बैंक लगायतकाहरुबाट आवेदन दिन सकिने उल्लेख गरेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.