२०७४ वैशाख १४ गते १०:५५ विकासन्युज
काठमाडौं । सहयोगी विकास बैंकको हकप्रद सेयर जेठ १ गतेदेखि आउने भएको छ । बैंकल जेठ २ गतेदेखि असार ४ गतेसम्म ११ करोड एक लाख १३ हजार ५ सय रुपैंयाँ बराबरको ११ लाख १ हजार १ सय ३५ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
बैंकले प्रति १० कित्ता बराबर ३.५ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । सहयोगी विकास बैंकले एनसीएम मर्चेण्ट बैंकिङ लिमिटेडलाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । आफ्ना सम्पुर्ण शाखा र एनसीएमको कार्यालयबाट हकप्रद सेयरका लागि आवेदन दिन सकिने बताएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.