२०७४ वैशाख १८ गते ९:५३ विकासन्युज
काठमाडौं । नेपाल एसबीआई बैंकले हकप्रद सेयर निष्काशन प्रयोजनको लागि बैशाख २६ गते सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । २६ गतेभन्दा अघि नेप्सेमा सेयर खरिद गरेकाले मात्र हकप्रद सेयर किन्न पाउने बैंकले जनाएको छ ।
बैंकले चुक्त पुँजीको ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्दैछ । माघ २७ मा सम्पन्न बैंकको साधारणसभाले १० बराबर ४ कित्ता अनुपातमा हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो । बैंकले आगामी असार मसान्तअघि नै हकप्रद सेयर निष्काशन गर्दैछ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.