२०७४ वैशाख १९ गते ९:१२ विकासन्युज
काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा १ अर्ब रुपैयाँ नाफा गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ६१ प्रतिशतले बढी हो । यस बैंकको चुक्ता पुँजी ६ अर्ब ५९ करोड रुपैयाँ छ भने जगेडा तथा संचित कोषमा १ अर्ब ७५ करोड रुपैयाँ छ ।
एक वर्षमा बैंकले निक्षेप करिव ११ अर्ब वृद्धि गरी ५८ अर्ब रुपैयाँ पुर्याएको छ । कर्जा सापटी १३ अर्बले वृद्धि गरी ५३ अर्ब रुपैयाँ पुर्याएको छ । लगानी करिब ५ अर्ब रुपैयाँ छ ।
सेयर पुँजीको आधारमा बैंकको बिजनेश भोलुम केही सानो भएको छ । बैंकको पुँजी प्रयाप्तता अनुपात १६ प्रतिशत छ । निक्षेप कर्जा अनुपात ७१ प्रतिशतमा झरेको छ । खराव कर्जा शुन्य दशमलव ३६ प्रतिशतमा झरेको छ । यसले बैंकको पोजिशन राम्रो देखाउँछ ।
बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ छ । हाल यस बैंकको सेयर प्रतिकित्ता ४२० रुपैयाँमा कारोबार भईरहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.