२०७४ वैशाख १९ गते १८:३० विकासन्युज
काठमाडौं । बैंक अफ काठमाण्डु लिमिटेडले ६२ लाख ८ हजार कित्ता सम्म संस्थापक शेयरको थप सार्वजनीक निष्काशन गर्न लागेको छ । थप शेयर निष्काशन गर्ने सम्बन्धमा सो बैंक र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ ।
सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले हस्ताक्षर गरेका छन् । बैंकको संस्थापक तथा सर्वसाधारण शेयरधनीको पुँजी संरचना ५१ र ४९ प्रतिशत कायम गर्नको लागि संस्थापक तर्फ थप सार्वजनिक निष्काशन गर्न लागेको बैंकका अध्यक्ष अजय श्रेष्ठले बताए ।
बैंक अफ काठमाण्डू लिमिटेड र लुम्बिनी बैंक लिमिटेड एक आपसमा गाभिए पश्चात २०७३ चैत्रमा सम्पन्न यस बैंकको साधारण सभाले संस्थापक शेयरधनीको शेयर स्वमित्व कम्तीमा ५१ प्रतिशत पुयाउन थप संस्थापक शेयरको थप सार्वजनीक निष्काशन गर्ने निणर्य गरेको थियो । हाल बैंकको संस्थापक शेयरधनीको शेयर स्वमित्व ४५.६४ प्रतिशत छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.