२०७४ वैशाख १९ गते १९:०२ विकासन्युज
काठमाडौं । सनराइज बैंकले ईलामको शुक्रबारे बजार, सुनसरीको चिमडी बजार र सुनसरीकै कालाबन्जरमा शाखारहित बैंकिङ्ग सेवा शुरू गरेको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाहरु ईलाम जिल्लामा नगरपालिका सचिव मानबहादुर पौडेल, सुनसरी जिल्लामा बर्जु ताल सिमसार क्षेत्रका अध्यक्ष बाली चौधरी तथा सोहि जिल्लाका जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक रामणी पौडेलले छुट्टा छुट्टै समारोहका बीच उद्घाटन गरेको बैंकले जनाएको छ । हाल यस बैंक लिमिटेडले नेपालभर ६९ वटा शाखा र ७८ वटा एटिएमद्वारा ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.