२०७४ वैशाख १९ गते १९:१० विकासन्युज
काठमाडौं । सिभिल बैंक लिमिटेडले आफ्नो ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्काशन प्रबन्धक नियुक्त गरेको छ । बैंकले आगामी जेठ ४ गते बोलाएको साधारण सभाबाट पारित हुने बोनश शेयर तथा यूनिक फाईनान्स लिमिटेड र हामा मर्चेन्ट एण्ड फाईनान्स लिमिटेडलाई प्राप्ति पश्चात कायम हुने चुक्ता पूँजीको ३० प्रतिशतले जारी हुने हकप्रद शेयरको लागि लक्ष्मी क्यापिटललाई बिक्री/निष्काशन प्रबन्धकमा नियुक्त गरेको हो ।
उक्त सम्वन्धी सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट का.मु.प्रमुख कार्यकारी अधिकृत गोविन्दगुरुङ्ग र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीब सापकोटाले हस्ताक्षर गरेका छन् । हकप्रद शेयर जारी गरे पश्चात र आ. व. २०७३/२०७४ को प्रक्षेपित वोनश शेयरबाट चुक्ता पूँजी नेपाल राष्ट्र बैंकले टोकेको बमोजिम हुने समेत बैंकले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.