२०७४ वैशाख २२ गते १५:०८ विकासन्युज
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकाइन्स्योरेन्स सेवा शुरु गरेको छ । उक्त सेवा सम्बन्धी सिटिजन्स बैंक र सूर्य लाइफ इन्स्योरेन्स कम्पनीबीच सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा सिटिजन्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी र सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिव नाथ पाण्डेले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता पश्चात यस बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट बैंकिङ्ग सेवाका अतिरित्त आफ्नो जीवन बीमा गर्न र सोको प्रिमियम रकम छिटो, छरितो र सहज रुपमा बुझाउन, बीमा लेख लिन, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा लिन सक्नेछन् ।
यस बैंकले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दैे बीमा सम्बन्धी सेवा पनि उपलब्ध गराउन लागेको हो । यस सेवाबाट ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ । बैंकले कुल ५८ वटा शाखा, ५७ वटा ए.टि.एम. काउन्टर र ७३ वटा शाखा रहित बैकिङ्ग सेवाबाट आधुनिक बैकिङ्ग सेवा ग्राहकहरुलाई प्रदान गर्दै आएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.