२०७४ वैशाख २५ गते १०:५६ विकासन्युज
काठमाडौं । मेगा बैंक नेपालले चालु आर्थिक वर्षको प्रथम नौ महिनामा ५४ करोड ८२ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३२ करोड २८ खाल रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्षमा भन्दा बैंकको नाफा करिव ७० प्रतिशतले बढेको छ ।
यस अवधिमा बैंकको सेयर पुँजी करिव ६० प्रतिशतले वृद्धि भएको छ । हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ५८ करोड रुपैयाँ छ । संचित तथा जगेडा कोषमा १ अर्ब २ करोड रुपैयाँ छ । यस त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८४ पैसा छ । रिर्टन अन इक्वीटी १५ रुपैयाँ ५९ पैसा छ ।
चैत मसान्तसम्ममा बैंकले ३८ अर्ब ४४ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ । पुस मसान्तको तुलनामा चैत मसान्तमा बैंकको निक्षेप ६ करोडले घटेको छ । त्यस्तै कर्जा सापटी ३४ अर्ब ९३ करोड प्रवाह गरेको छ । बैंकले विभिन्न सेयर तथा ऋणपत्रमा ५ अर्ब ३८ करोड रुपैयाँ लगानी गरेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.